arrow

कांग्रेस नेतृ द्रौपदाको निधनप्रति राष्ट्रपति पौडेलबाट दुःख व्यक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
dropada-sharma-pokhrel-facebook.jpg
तस्बिर – फाइल ।

काठाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसकी पाकी नेतृ द्रौपदा शर्मा पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले परिवारका सदस्यहरूलाई टेलिफोन गरी द्रौपदाप्रति श्रद्धान्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् । 

द्रौपदाको आज बिहान निधन भएको हो । १०२ वर्षीया पोखरेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो । 

स्वर्गीय गोबर्धन शर्मा पोखरेलकी पत्नी तथा संविधान सभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवतीकी आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो । 

उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । गोबर्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्वहरण गरेपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो । 

उनी राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहिन् । उनी नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत भएकी थिइन् । उनी  गोबद्र्धन शर्मा स्मृति ट्रष्टकी अध्यक्ष र संरक्षक थिइन् । 

द्रौपदाको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ