arrow

रहिनन् कांग्रेसकी पाकी नेतृ द्रौपदाः मातृशोकमा कृष्णचन्द्र, रामचन्द्र, जगदीशचन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
dropada-sharma-pokhrel-facebook.jpg

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । उनकी आमा, नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ ।

पोखरेलको १०२ वर्षमा आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो । द्रौपदाका ४ छोरा र २ छोरी छन् । उनका पति गोबर्द्धन शर्मा पोखरेलको यसअघि नै निधन भइसकेको छ ।

उनका छोराहरु संविधान सभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवती हुन् ।

द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि महत्वपूर्ण योगदान रहेको चर्चा गरिँदै आएको छ । द्रोपदा २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् ।

गोबद्र्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्वहरण गरेपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा ल्याइएको बताइन्छ ।

गोबर्द्धन शर्मा भने राणा शासनको विरोधमा निकै क्रियाशील रहेका थिए । द्रौपदा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत बनेका थिए ।

उनले गोबर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक भएर काम गरेकी थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ