arrow

कास्की कांग्रेसको सम्मेलन माघ ९ मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
kaski congress.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीको प्रथम जिल्ला सम्मेलन यही माघ ९ गते मंगलबार हुने भएको छ । सम्मेलनको तयारी तीब्र बनाइएको पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिए ।

प्रवक्ता लामिछानेका अनुसार सम्मेलन भव्य र सभ्य बनाउनका लागि जिल्ला कार्यसमितिले आन्तरिक छलफल तीव्र बनाएको छ ।

जसका लागि पार्टी अन्तर्गतका पोखरा महानगरसहित चार वटै गाउँपालिका प्रमुख तथा पदाधिकारी, संविधानसभा सदस्य, प्रदेशसभाका सदस्य, तीन वटै क्षेत्रका क्षेत्रीय सभापतिसँग छलफल गरेर सल्लाह सुझाव लिएको छ ।

छलफलमा सहभागीले सम्मेलन मेलमिलाप र एकताको हुनुपर्ने सुझाव दिएका छन् ।

साथै उनीहरुले पार्टीका सबै क्रियाशील सदस्य र सबै तहका नेता कार्यकर्तालाई सम्मेलनमा सहभागी गराउने वातावरण मिलाउन पनि सभापति किशोरदत्त बरालसँग आग्रह गरेका छन् ।

सभापति बरालले सम्मेलन सभ्य र भव्य बनाउन घनिभूत छलफल चलिरहेको भन्दै यसका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् ।

सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्रवक्ता लामिछानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ