arrow

माओवादी केन्द्रबाट ‘माओवादी’ नै हटाइने  

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
maobadi-kendra-maoist-centre.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको नामबाट ‘माओवादी’ हटाउने भएको छ । जारी स्थायी समिति बैठकमा विधानको मस्यौदामा पार्टीको नामबाट माओवादी हटाउने र त्यसको साटोमा अर्को नाम प्रस्ताव गरिएको छ । ‘पार्टीको नामको पछाडि रहेको ‘माओवादी’ हटाउने प्रस्ताव गरिएको छ’, स्रोतले भन्यो । 

केन्द्रीय कार्यालयका स्रोतका अनुसार सो प्रस्ताव पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेस गरेका प्रस्तावमा पार्टीको नामबाट माओवादी हटाउन लागिएको हो । ‘पार्टीको नयाँ नाम नेकपा त्यसैगरी पार्टीको संगठनमा पनि परिवर्तन गर्न आवश्यक रहेको जिकिर गरिएको छ’, स्रोतले भन्यो । 

‘संगठन परम्परागत नभइ आजको समस्याहरुको सम्बोधन गर्दै जनतासँग जोडिने खालका संगठनात्मक संरचनाहरू बनाउनु पर्दछ’, जनार्दन शर्माले पेस गरेको प्रस्तावमा भनिएको छ । 

मुख्य गरी वैचारिक राजनीतिक काम–संगठन सुदृढीकरण, आर्थिक उत्पादन र रोजगारीसँग सम्बन्धित काम–विकास निर्माण सरकार सम्बद्ध काम–सामाजिक सांस्कृतिक रूपान्तरण र सामाजिक न्याय स्थापना, अनुगमन र मूल्याङ्कनको कार्यधिकार र कार्य विभाजन गर्ने नीति विधानमा स्पष्ट हुनु पर्ने, मुख्य गरी स्थानीय कमिटीहरूको लागि यस्तो व्यवस्था हुनुपर्ने उल्लेख छ । 

त्यसगरी नामको सम्बन्धमा स्पष्ट रुपमा ‘नेकपा समाजवादी’ हुनुपर्ने उल्लेख छ । त्यस्तै केन्द्रीय समितिको बहुपदीय संरचना राख्दा एउटा पद दुई ओटा भन्दा बढी हुन नहुने प्रस्ताव गरिएको छ । सोही बहुपदीय संरचना भएको विभिन्न पदहरूको आ–आफ्नो स्पष्ट जिम्मेवारी तोकिएको हुनुपर्ने भनिएको छ । 

‘एउटै जिम्मेवारी भएमा ३ तहको पदहरू हुन नहुने, जस्तै महासचिव, धेरै ओटा उपमहासचिव फेरि सचिव नबनाउने । उक्त पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्नेछ,’ प्रस्तावमा भनिएको छ ।  

प्रदेश पार्टीमा मुख्य गरी वैचारिक प्रशिक्षण, संगठन निर्माण, सुदृढीकरण, परिचालन, सरकार र सदनसँग सम्बन्धित कामहरू सञ्चालन गर्न कार्य विभाजन गर्ने पनि प्रस्तावमा भनिएको छ ।

एक वर्षअघि पनि पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको बैठकमा नाम फेर्ने प्रस्ताव गरेका थिए । त्यतिबेला पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव अघि सारेका थिए ।

२०७९ माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरेका थिए । तर त्यतिबेला संभव भएको थिएन ।

‘संरचनागत विधि र पद्धति नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्था एवं प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ’, प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका थिए । 

पार्टीको नाम र चुनाव चिन्ह फेर्ने विषय धेरै पहिलादेखि बहसमा आएको हो थियो । यसपटक भने विधान महाधिवेशनबाटै नाम फेर्ने माओवादी तयार भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ