arrow

रेशम चौधरी अध्यक्षमा निर्विरोध, कुन पदमा कसको उम्मेदवारी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
resham-chaudhary-2080-09-27.jpg

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ । बिहीबारबाट शुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा रेशमलाल चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो । योसँगै अध्यक्षमा निर्विरोध भएका छन् । तर यसको औपचारिक घोषणा हुन भने बाँकी छ । 

टीकापुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत शुक्रबार नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ । यसअघि शुक्रबार नै मनोनयन दर्ताको समय तोकिएको थियो । जसअनुसार अध्यक्ष पदमा रेशमलालको मात्र उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितको उम्मेदवारी परेको छ । 

यसैगरी उपाध्यक्षमा अम्बरबहादुर लिम्बू, रतनबहादुर थापा, दुर्गा पन्त, राजेश अधिकारी, शिवकुमार बास्तोला, हिमाञ्चलराज भट्टराई, तेजबहादुर भुजेल, रामकुमार महतो, महेन्द्र पुन र इन्द्रकुमारी लिम्बूको उम्मेदवारी परेको छ । 

यसैगरी महासचिव पदमा धर्मबहादुर चौधरी, ठाकुरसिंह थारु र गंगाराम चौधरी डंगौराको उम्मेदवारी परेको छ । 

साथै सहमहासचिव पदमा रामलाल डंगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

सचिवमा तुलसीप्रसाद चौधरी, ललित तम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेतको मनोनयन दर्ता भएको छ । 

सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू (इजम)को उम्मेदवारी परेको छ । 

कोषाध्यक्षमा टीकालक्ष्मी चौधरीको उम्मेदवारी परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ