arrow

हाम्राकुराकर्मी मल्लसहित चार पत्रकार सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
malla-sammanit.jpg

मुगु । मुगु जिल्ला स्थित छायानाथ रारा नगरपालिकाले चार जना पत्रकारलाई सम्मान गरेको छ । बिहीबारबाट शुरु भएको आफ्नो १४ औ नगर सभामा लामो समय देखि मुगु जिल्लाको पत्रकारिता योगदान दिएका क्रियाशील चार जना पत्रकारहरूलाई नगरपालिकाले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा हाम्राकुरा डटकमका मुगु समाचारदाता नृपेन्द्र बहादुर मल्ल, रेडियो नेपाल मुगु समाचारदाता विनोद कुमार मल्ल, अन्नपूर्ण पोष्ट मुगु समाचारदाता जीवन सेजुबाल र न्युज द्दद्ध मुगु समाचारदाता दान बहादुर बुढा रहेका छन् । सम्मानित चारै जना पत्रकारलाई नगरप्रमुख विष्णुकुमार भामले सम्मान पत्रसहित जनही पाँच हजारका दरले नगद सम्मान रकम प्रदान गरेका थिए।

सम्मान कार्यक्रम पछि बोल्दै नगरप्रमुख भामले आफू जाने बुझ्ने भए देखी मुगु जिल्लाका आवश्यकता, जनगुनासा, विकास, स्वास्थ्य, जनजीवन, धार्मिक, सांस्कृतिक, पर्यटन, खेलकुद, अपराध, शान्ति सुरक्षा, विभेद, भष्टचार, सुशासन, लगायतका क्षेत्र सम्मानित पत्रकारहरूले कलम चलाएका समाचार पढ्दै, सुन्दै र हेर्दै आएको बताउँदै पत्रकारहरू समाज र जन प्रतिनिधिका लागिका ऐनाका साथै मध्यस्थकर्ता भएको बताए ।

हामी जनप्रतिनिधि काम र व्यस्तताले कहाँ के भइरहेको छ रु थाहा पाइरहेका हुँदैनौ, आफ्ना काम कार्यवाही जनता सामु कति प्रभावकारी भइरहेका छन् रु जनताका माग, गुनासा के छन् रु आफ्ना बारे दुनियाँले के मूल्याङ्कन गरेका छन् जानकारी गराउने माध्यम नै पत्रकार भएको र नगरपालिकामा पत्रकारिताको पेसागत विकास, सक्षमता, सुरक्षा , व्यवस्थापकीय सुधारका लागि नीतिगत रूपमा नेपाल पत्रकार महासङ्ग मुगुको समन्वयमा निकट भविष्य मै छायानाथ रारा नगर सञ्चार नीति ल्याउने नगर प्रमुख भामले घोषणा गरे ।

लामो समय देखि पत्रकारितामा लागे पनि स्थानीय सरकारहरूले कहिल्यै यसरी सम्झेका थिएनन् । हाम्रै समाचारका प्रभावले कति विकास भए, कतिले न्याय पाए, कतिले राहत, उपचार, सहयोग पाए , पर्यटकीय क्षेत्र, जिल्लाको प्रचार भयो , सुशासन कायम गर्न र भष्टचार नियन्त्रणमा टेवा पुन्यो अनि राज्यसँग मुगुका समस्या, माग पुग्यो र सुन्यो आज आएर नगरपालिकाले हाम्रो योगदानको कदर गर्दै सम्मान गरेकोमा आभार व्यक्त गर्दछौ र सम्मानले पत्रकारितामा अझै पेचिलो रूप लागि सत्य, तथ्य, निष्पक्ष र तथष्ट रही समाचार लेख्न दबाब र हौसला मिलेको पत्रकार विनोद कुमारले बताए ।

सम्मानित हुनेहरूमा नृपेन्द्र बहादुर मल्ल १० वर्ष देखि हाम्राकुरा डटकम, २० वर्ष देखि रासस र २ वर्ष देखि हिमालय टाइम्समा आबद्ध रही पत्रकारिता गरिरहेका छन् भने विनोद कुमार मल्ल २५ वर्ष देखि रेडियो नेपाल र जीवन सेजुवाल २२ वर्ष र दान बहादुर बुढा १५ वर्ष देखि पत्रकारितामा क्रियाशील छन् ।

छायानाथ रारा नगरपालिकाको १४ औ नगर सभाको उद्घाटन सत्र कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री तथा प्रदेश सदस्य जित बहादुर मल्लको प्रमुख आथित्यता र नगरप्रमुख विष्णु कुमार भामको सभाध्यक्षमा बिहीबार सम्पन्न भएको थियो । बिहीबार साँझबाट नयाँ र संशोधित विधेयक बारे दफावार छलफल शुरु हुने नगरप्रमुख भामले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ