राष्ट्रिय सभाका उम्मेदवार चयन गर्दा वैधानिकता, कार्यशैली र निर्णयबारे कांग्रेस नेता केसीद्वयको विमति
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
2.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले राष्ट्रिय सभामा उम्मेदवार छनोट गर्दा पार्टीले चालेको कदमको विरोध गरेका छन् । उनीहरुले वैधानिकता, कार्यशैली र निर्णय प्रक्रियाबारे विमति जनाएका हुन् ।
नेता अर्जुननरसिंह केसी लेख्छन्, ‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक हिजो २२ गते १ बजे बोलाइयो । तत्पश्चात अपरान्ह ४ बजेलाई सारियो । रातभरपछि उक्त बैठक आज २३ गते बिहान ४ बजेमात्र बस्यो । उक्त बैठकमा राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनकाबारे देखिएको वैधानिकता, कार्यशैली र निर्णय प्रकृयामा हाम्रो गम्भीर विमति भएकोले बैठकमा प्रस्तुत फरक मतसहित प्रेषित गरिएको छ ।’
उनीहरुले पाँच बुँदामा आफ्नो विमति सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।