arrow

जयशंकरको २६ घण्टे नेपाल बसाइ १४ ट्विटमा पारे छर्लङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
jayshankar-nepal-2080-09-20.jpg
तस्बिर–विमानस्थलसम्म पुगेर भारतीय विदेशमन्त्री डा एस जयशंकरलाई बिदाइ गर्दै परराष्ट्र सचिव सेवा लम्साल ।

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी शुक्रबार मध्यान्ह स्वदेश फर्किए । 

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन विदेशमन्त्री जयशङ्कर बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । 

बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा हुनाका साथै बैठकपश्चात्, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न महत्वपूर्ण सहमतिपत्र–समझदारीपत्रको आदानप्रदान भएको थियो ।

भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा यहाँका उच्च राजनीतिक नेतृत्वसँग छुट्टाछट्टै भेटवार्ता गरेका थिए । 

‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट गर्ने परम्परालाई ध्यानमा राख्दै मन्त्री जयशङ्करको भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।

अंग्रेजी नयाँ वर्षको पहिलो भ्रमण नेपालबाटै गरेकोमा खुशी ब्यक्त गर्दै जयशंकरले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो नेपाल भ्रमणबारे उल्लेख गरेका छन् । उनले आफ्नो ट्विटरका १४ पोष्टमा नेपाल भ्रमणलाई छर्लङ्ग पारेका छन् । 

यस्ता छन् उनका पोष्ट जहाँ अधिकांश नेपाली भाषामै उल्लेख गरिएका छन् । उनी बिहीबार बिहान १० बजे आएर शुक्रबार मध्यान्ह १२ बजे भारत उडे । अर्थात् २६ घण्टे नेपाल बसाइका क्रममा के के गरे सबै खुलाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ