जयशंकरको २६ घण्टे नेपाल बसाइ १४ ट्विटमा पारे छर्लङ्ग
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
4.9k
Shares
तस्बिर–विमानस्थलसम्म पुगेर भारतीय विदेशमन्त्री डा एस जयशंकरलाई बिदाइ गर्दै परराष्ट्र सचिव सेवा लम्साल ।
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी शुक्रबार मध्यान्ह स्वदेश फर्किए ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन विदेशमन्त्री जयशङ्कर बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।
बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा हुनाका साथै बैठकपश्चात्, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न महत्वपूर्ण सहमतिपत्र–समझदारीपत्रको आदानप्रदान भएको थियो ।
भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा यहाँका उच्च राजनीतिक नेतृत्वसँग छुट्टाछट्टै भेटवार्ता गरेका थिए ।
‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट गर्ने परम्परालाई ध्यानमा राख्दै मन्त्री जयशङ्करको भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।
अंग्रेजी नयाँ वर्षको पहिलो भ्रमण नेपालबाटै गरेकोमा खुशी ब्यक्त गर्दै जयशंकरले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो नेपाल भ्रमणबारे उल्लेख गरेका छन् । उनले आफ्नो ट्विटरका १४ पोष्टमा नेपाल भ्रमणलाई छर्लङ्ग पारेका छन् ।
यस्ता छन् उनका पोष्ट जहाँ अधिकांश नेपाली भाषामै उल्लेख गरिएका छन् । उनी बिहीबार बिहान १० बजे आएर शुक्रबार मध्यान्ह १२ बजे भारत उडे । अर्थात् २६ घण्टे नेपाल बसाइका क्रममा के के गरे सबै खुलाएका छन् ।