जनताले दबाब दिएका फाइल खुलेका छैनन् : मीन विश्वकर्मा
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
406
Shares
भक्तपुर। नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागप्रमुख मीन विश्वकर्माले जनताले दबाब दिएका फाइल खुल्न बाकि रहेको बताएका छन् ।
बुधबार एक कर्यक्रममा कांग्रेस नेता विश्वकर्माले भने, “भ्रष्टाचारका सबै फाइल खोल्छु भनेर गृहमन्त्रीले भन्नुभएको छ तर जनताले दबाब दिएका फाइल खुलेका छैनन्, अर्थतन्त्रमा अपेक्षितरुपमा सुधार हुन सकेको छैन, अब कडाइका साथ त्यता लाग्नुपर्छ ।”
उनले गठबन्धन सरकारको एक वर्षको कार्यकाल विगतको तुलनामा सफल रहेको बताए । संविधान कार्यान्वयन, सुशासन प्रवद्र्धन, परराष्ट्र सम्बन्ध विस्तार गर्न वर्तमान सरकार विगतको दुई तिहाइ नजिकको नेकपाको सरकारभन्दा सफल भएको बताए ।
नागरिकता विधेयक कार्यान्वयनमा आउनु, विभिन्न ऐन, संसद्मा पेस भएर पारित हुने चरणमा पुग्नु वर्तमान सरकारको उपलब्धि भएको विश्वकर्माले बताए ।