arrow

तुल्सामाथि जातीय विभेद गरेको आरोपमा दुई जना पक्राउ

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० पुष ९ सोमबार
tulsa-mugu.jpg

मुगु । स्वास्थ्यकर्मी माथि जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

मुगुको सोरु गाउँपालिका ९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा कुमारी विकले आफू माथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराए ।

विकले सोरु गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्ट विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

सोहीअनुसार धनप्रसाद भट्ट र झ्यापु शाहीलाई शनिवार पक्राउ गरी हो ।

अर्को यौन हिंसा दुर्व्यवहार सम्बन्धीको मुद्दा भने जिल्ला अदालत मुगुमा दर्ताको लागि प्रक्रियामा रहेको विकले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ