arrow

सशस्त्रले रुकुमका भूकम्प प्रभावितलाई बनाइदियो १६ टहरा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
rukum-earthquake-apf.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भुकम्प प्रभावितका लागि हालसम्म १६ ओटा अस्थायी टहरा निर्माण गरेको छ । जस अन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिवेणी गाउँपालिकामा ७ ओटा निर्माण गरिएका छन् । 

विशेष गरी एकल महिला, अपांगता भएका, वृद्ध अवस्थाका, बिरामी, विपन्न र सुत्केरीको वर्ग विभाजन गरी उनीहरु लक्षित अस्थायी आवास निर्माण गरिएको हो । सो अनुसार एकल महिलाको लागि ५, अपांगता भएकाको ४, वृद्धावस्थाका ३, बिरामीको ३ र विपन्न तथा सुत्केरीको  लागि १–१ ओटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका  सहप्रवक्ता  तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए  । 

अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गतेबाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अस्थायी रुपमा बस्ने गरी तैनाथ गरिएको छ । 

यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिने छ । 

यसैगरी मुसिकोट नगरपालिकामासमेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् ब्यवस्थापन समितिसँगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भूकम्प पीडितको पहिचान गरी फौज परिचालन गर्ने योजना रहेको छ । 

यता भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पनि आश्रित गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानीयको घरको भग्नावशेष हटाउने तथा चर्किएको घरहरु भत्काउने कार्यलाई तीव्रता दिएकोसमेत सहप्रवक्ता थापाले बताए । 

जस अन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन् । यस्तै भेरी नगरपालिकामा १ सय, नलगाड नगरपालिकामा १ सय १८ ,र कुशे गाउंपालिकामा २५ स्थानका भग्नावशेष हटाइएका छन् । चर्किएका ८ वटा घरसमेत भत्काइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ