arrow

आठ सय ८४ सांसदलाई नेपालको अर्थतन्त्रले धान्दैन – चित्रबहादुर केसी

logo
नारायण वली, 
प्रकाशित २०८० पुष ३ मंगलबार
chitrabahadur-kc-butwal-2080-09-03.jpeg

बुटवल । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विश्वका २७–२८ वटा देशमा संघीयता रहेको र १२७ वटा देशमा एकात्मक तन्त्रका रुपमा चल्दै आएको बताएका छन् ।

उनले नेपालको राजतीतिमा एकात्मक शासक, खुला सीमाना र आर्थिक अर्थतन्त्र कमजोर भएकाले अन्तर्राष्ट्रिय शक्तिको दबाब र नेताहरुको निरीहताले संघीयता स्वीकार्नुमा जनताको पनि कमजोरी रहेको बताए ।  

८८४ सांसदलाई नेपालको अर्थतन्त्रले नधान्ने भन्दै अध्यक्ष केसीले ‘खर्च न पर्च काशी जानुपर्छ’ जस्तो भएको स्पष्ट पारे । उनले प्रदेश खारेज गरी संविधान संशोधन गरेर भए पनि संघीयता हटाउनुपर्ने बताए । 

उनले गाउँपालिका र नगरपालिकालाई जनतालाई फाइदा पुग्ने अधिकार दिएर बलियो बनाउन र विकास गर्न सकिने बताए । 

नेता केसीले राजतन्त्र नेपाल र नेपालीका लागि उल्टो बाटो भएको भन्दै त्यो सम्भव नभएको बताउँदै लोकतन्त्र र गणतन्त्रलाई ल्याउनेहरुबाटै खतरा रहेको जिकिर गरे । 

संघीयता चाहिँदैन भन्ने फेरि प्रदेश संरचनामा रहने जनमोर्चालाई प्रदेश चाहिएको होकि के हो स्पष्ट भएनि भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष केसीले प्रदेशमा सामेल भएर फेल गराउँदै आएको जवाफ दिए । 

उनले संघीयताविरुद्ध बोलिस् भने जनमोर्चालाई हामीले सिध्याउँछौ भन्ने भनेर धम्की आएको, सानो पार्टी छ चलाउन गाह्रो भएको होला १० करोड लिन आउनुस् विरोध नगर्नुस् भन्ने मलाई आएको फोन तत्कालीन बाबुराम भट्टराई प्रधानमन्त्री भएका बैला मैले मेरो नजिकै बसेका माधवकुमार नेपाललाई चित्रबहादुर केसी भएर नबोलेर सुन्नुस् भने त्यही फोन झलनाथ खनाललेसमेत सुनेको बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ