arrow

बालुवाटारमा माओवादी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
maoist-cpn.jpg

काठमाडौँ ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । 

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

आजको बैठकमा पार्टीको रूपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ