राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी बारे छलफल गर्न कांग्रेस बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
545
Shares
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।
बैठक आज मध्यान्ह सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आजको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।