arrow

एनसेल प्रकरणबारे जानकारी लिन प्रचण्डलाई बोलायो संसदीय समितिले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
rajyabyabasta-samiti-2080-0.jpg

काठमाडौँ । संसदीय समितिले एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी लिने भएको छ । 

शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकले आउँदो सोमबार प्रधानमन्त्री प्रचण्डलाई बोलाएर एनसेलको शेयर खरिद बिक्रीबारे जानकारी लिने निर्णय गरेको हो । 

सोमबार नै प्रधानमन्त्री प्रचण्डसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको विषयमा पनि छलफल गर्ने निर्णय गरेको बैठकले प्रधानसेनापति प्रभुराम शर्मालाई आगामी बुधबार काठमाडौं–तराई–मधेस द्रुत मार्गको कार्य प्रगतिको विषयमा जानकारी लिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

एनसेलको विषयमा चर्चा परिचर्चा भइरहँदा समितिले प्रचण्डसँगै जानकारी लिने भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ