arrow

इन्टरपोलको रेड नोटिसमा परेका गिरोहका नाइके टर्किएबाट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
saun-monhan.jpg

काठमाडौँ । इन्टरपोलको रेड नोटिसमा परेका बेलायती सशस्त्र गिरोहका नाइके टर्किएमा पक्राउ परेका छन् । 

टर्किएको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा उनी पक्राउ परेका हुन् । 

लागुऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता शोन मोनाघन पक्राउ परेको टर्किए प्रहरीले जनाएको छ । 

इन्टरपोल रेड नोटिसद्वारा वान्टेड शोन मोनाघनलाई केज–१६ भनिने अपरेसनमा पक्राउ गरिएको टर्किएका आन्तरिक मन्त्री अली येर्लिकायाले बताए ।

मन्त्रीका अनुसार मोनाघन अक्टोबरमा टर्किए आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ