arrow

आफ्नै साथीको छुरा प्रहारबाट ज्यान गुमाएका क्षेत्रीको परिवारलाई पोर्चुगलबाट आर्थिक सहयोग

logo
भरत प्रधान, 
प्रकाशित २०८० मंसिर १६ शनिबार
dhanbahadur-chhetri-killed.jpg
तस्बिर – धनबहादुर क्षेत्री, फाइल ।

लिस्बन । आफ्नै कोठामा बस्ने साथीको छुरा प्रहारबाट गत साता पोर्चुगलमा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका १३ खौलाका धनबहादुर क्षेत्रीको परिवारलाई पोर्चुगलबाट आर्थिक सहयोग प्रदान गरिएको छ । 

पोर्चुगलमा क्रियाशील नेपाली दिदीबहिनीहरुको संस्था नेप्लिज वुमन एशोसिएसन पोर्चुगलले क्षेत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । 

संस्थाले मृतक क्षेत्रीकी श्रीमती सरस्वती क्षेत्रीलाई रेमिटान्स मार्फत् ५० हजार रुपैयाँ नगद रकम सहयोग प्रदान गरेको संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिइन् ।

क्षेत्रीको निधनसँगै घरपरिवार बिचल्लीमा परेको र परिवारको आर्थिक अवस्थासमेत निकै कमजोर रहेका कारण उनको परिवारलाई थोरै मात्र भए पनि राहत पुगोस् भन्ने उद्धेश्यले सहयोग रकम प्रदान गरिएको अधिकारीले बताइन् । 

संस्थाले तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम मध्येबाट सहयोग स्वरुप सो रकम नेपाल पठाइएको उनले बताइन् । 

पोर्चुगलमै अस्ताएका धनबहादुरको परिवारमा वृद्ध बुबा, आमा, श्रीमती र चार स–साना छोराछोरी रहेका छन् । उनको निधनसँगै क्षेत्रीको परिवारमा आयआर्जनको बाटोसमेत बन्द भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ