arrow

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्रीको अपिल [भिडियो]

'हाम्रा हिमालहरू बचाउनुहोस्, आफूलाई बचाउनुहोस्'

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
prachanda-cop-28.jpg

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । 

प्रधानमन्त्री दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔँ अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताएका हुन् । 

शनिवार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै उनले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। 

प्रधानमन्त्री दाहालले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

उनले भने, ‘हाम्रा हिमालहरू बचाउनुहोस्, आफूलाई बचाउनुहोस् । हामीलाई बचाउन हाम्रो हिमालहरू बचाऔँ । 

हिमाली क्षेत्रका बासिन्दाको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्या बाहिर ल्याउन हिमाल र जलवायु परिवर्तन सम्बन्धी संवादको थालनी गर्न पनि हिमाली मुलुक नेपालको तर्फबाट दृढतापूर्वक सुझाव दिन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले विश्वका नेताहरूले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यकता पनि औँल्याए ।

 उनले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्यूनीकरणका लागि विगतमा गरिएका गरिएका निर्णय तथा प्रतिवद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ