arrow

प्रचण्ड चढेको विमानले ३१ यात्रु काठमाडौँमै छोड्यो, मन्त्रीले यसरी मागे माफी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
prachanda-dubai-visit.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका क्रममा ३१ यात्रु छोडिएका छन् । 

बुधबार राति प्रचण्ड सवार दुबईको लागि उडेको नेपाल एयरलाइन्सले ३१ यात्रु काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोडेको हो । 

प्रचण्डको यात्राको क्रममा २७४ जना यात्रुमध्ये ३१ जना छोडिएका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन् । 

उनले भीभीआईपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए । 

उनले प्यासेन्जरहरूलाई मेल र फोन गरेर जानकारी गराए पनि फोन नउठाउने र मेल जाँच नगर्नेहरू समस्यामा परेको बताए ।

उनीहरूलाई सरकारले नै होटेलमा राखी बिहीबार गन्तव्यमा गएको किराँतीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ