काठमाडौँ । नेप्से परिसूचक लगातार ओरालो लाग्ने क्रममा रहेको छ । शेयर बजार बधुबार १७.९३ अंकले घटेको छ ।
बुधबार साविक समयभन्दा २४ मिनेट ढिलो गरी खुलेको शेयर बजार १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आएर बन्द भएको छ ।
यस दिन २८५ कम्पनीको २९ हजार ८८३ पटक भएको कारोबारमा ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन ४२ कम्पनीको शेयर मूल्य बढ्दा १९० कम्पनीको ओरालो लागेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।