कांग्रेसले तीन भ्रातृ संगठनमा चुन्यो अध्यक्ष, पन्थ अपाङ्ग संघमा
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
1.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका तीन भ्रातृ संगठनमा अध्यक्ष चुनेको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भइ स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघमा अध्यक्ष नियुक्त गरेका हुन् ।
नियुक्त भएकाहरुमा नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) रहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।