arrow

प्रहरीलाई ढुङ्गा हान्ने दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
durga-prasai-acharya-srinib.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । सोमबार गौशालामा भएको प्रदर्शनमा क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा थापासहित आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, भोजराज तिमिल्सिना, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, मेहरमान बस्नेत, निकेश बास्तोला र हरि विशुङ्खे  छन् ।

प्रसाईको आह्वानमा गत बिहीबारदेखि काठमाडौँ केन्द्रित प्रदर्शन भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ