arrow

कांग्रेस युवा सक्रियताः भूकम्प प्रभावित क्षेत्रमा सफल प्रयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
gagan-bishwaprakash-pradip-.jpg
तस्बिर– भूकम्प प्रभावित क्षेत्रमा खटिएर अस्थायी टहरा बनाउँदै नेताहरू गगन, विश्वप्रकाश, प्रदीपलगायत ।

काठमाडौँ । नेपाली कांग्रेसमा युवाले नेतृत्व सम्हाल्नुपर्छ भन्दै आवाज उठाउन थालेको लामो समय भइसकेको छ । तर अवसर नै नपाएको गुनासो युवाले गर्दै आएकामा यसपालि गरिएको प्रयोग निकै नै सफल भएको प्रमाणित भएको छ । 

प्रसङ्ग हो जाजरकोट र रुकुम पश्चिममा भूकम्पले पारेको असरपछि उद्धार, राहत र पुनःनिर्माणमा कांग्रेसको युवा नेतृत्वले सम्हालेको काम र त्यसको सफलताको । 

यसपालि कांग्रेसको केन्द्रीय नेतृत्वले युवालाई भूकम्प पीडितको उद्धार, राहत र पुनःनिर्माणमा युवालाई अगाडि बढायो । 

भूकम्पले क्षति पुर्याउनासाथ स्थानीय कांग्रेसका युवा नेताहरुले अगुवाइ गर्दै छिटोभन्दा छिटो उद्धार गर्न सफल भए । भूकम्प गत कार्तिक १७ गते राति ११ः४७ बजे गएको थियो । राति नै भए पनि १२ः३० बजेपछि नै कांग्रेसका युवाहरु उद्धारमा खटिएका थिए । 

मृतकको शव संकलन, पुरिएकाहरुको उद्धार, घाइतेहरुलाई अस्पतालसम्म पुर्याउने व्यवस्था लगायतका काममा कांग्रेसका युवाहरुले स्थानीय प्रशासन सँगसँगै स्वतस्फूर्त सघाउन खटिएकाहरुसँग सहकार्य गरेका थिए । 

साथै कांग्रेस अर्को दिनदेखि नै राहत वितरणको काममा सक्रिय भएको थियो । संघीय सरकारले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने हो भने कोही पनि काखा पाखा हुनु नपर्ने नीति ल्याएपछि सरकारमा संलग्न कांग्रेसले त्यसमा सक्रियता देखाउन थाल्यो । 

भूकम्पको अवस्था बुझ्न र कसरी त्यसलाई व्यवस्थित गरेर पीडितको दैनिकी सहज गराउन सकिन्छ भनेर महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीले खटायो । सँगसँगै केन्द्रीय सदस्य गोविन्द पोखरेल पनि रहेका थिए । विभिन्न सात बुँदामा आधारित रहेर उनीहरुले अवस्था संकलन गरे । त्यहाँ बसुन्जेल सक्रिय भएर अस्थायी टहरा बनाउन मद्धत गरे । 

यो टोलीले भूकम्प प्रभावित क्षेत्रको सम्पूर्ण वस्तुस्थिति बुझेर तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कदमहरु बारेमा पार्टी सभापति शेरबहादुर देउवा सँगसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव पत्र बुझायो । 

पालमा बसेर हुँदैन तत्काल राहत दिनुपर्छ भनेर आउँदा आउँदै गगन–विश्वप्रकाशले बुझाएको सुझाव पत्रका आधारमा नै सरकारले सरकारले शुरुआतमै अस्थायी टहराका लागि ५० हजार रुपैयाँ सिधै पीडितको हातमा दिने व्यवस्था गरेको छ । 

त्योसँगै कांग्रेसले एकद्धार प्रणाली अन्तर्गत सबैभन्दा पहिले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । भूकम्प गएको अर्को दिन नै कांग्रेसले भूकम्प पीडितलाई सघाउने बताएको थियो । 

सोही अनुसार सरकारलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्यो ।

त्यतिमात्र मात्रै व्यक्तिगत रुपमा नेताहरुले सहयोग गर्ने क्रम रोकिएको छैन । पार्टी सांसदहरुको १५ दिनको तलबसमेत भूकम्प प्रभावित क्षेत्रमा दिने निर्णय गर्यो । 

त्यसपछि कांग्रेसले एक हजार अस्थायी आवास बनाइदिने घोषणा गर्यो । जसअनुसार कांग्रेसले युवा नेताहरुलाई प्रभावित क्षेत्रमा खटायो । 

पहिलो चरणमा युवा नेता प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले एक सय अस्थायी आवास बनाएर हस्तान्तरण गरिसकेका छन् ।

पौडेल काठमाडौँ फर्केपछि पनि उनले अब गर्नुपर्ने कामहरुको सूची बनाएर पेश गरेका छन् । अर्थात् उनले आफ्नो काम सकियो भनेर भाग पूरा गरेजस्तो हैन कि थप गर्नुपर्ने काम र कर्तव्य पनि सरकारलाई बुझाएका छन् । 

पौडल फर्के पनि प्राविधिक टोलीले भने निरन्तर काम गरिरहेको छ । त्यसका साथै कांग्रेसले केन्द्रबाट अर्को टोली पनि खटाएको छ । उक्त टोली जाजरकोटका ७ तथा रुकुम पश्चिमका चार पालिकामा खटाएको छ । 

जसअनुसार केन्द्रीय सदस्यहरु विभिन्न क्षेत्रमा खटिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताएका छन् । जसमा जाजरकोटको बारेकोट गाउँपालिकामा गोविन्दबहादुर शाह, त्रिवेणी नलगाड नगरपालिकामा योगेन्द्र चौधरी, शिवालय गाउँपालिकामा राजीव ढुंगाना, जुनिचाँदे गाउँपालिकामा कुन्दनराज काफ्ले, कुसे गाउँपालिकामा इन्जिनियर मोहन आचार्य, भेरी नगरपालिकामा उमेशजंग रायमाझी र छेडागड नगरपालिकामा नैनसिंह महर खटिएका छन् । 

त्यस्तै रुकुम पश्चिमका आठबिसकोट नगरपालिकामा अजयबाबु शिवाकोटी खटिएका छन् । चौरजहारी नगरपालिकामा आङगेलु शेर्पा भए पनि उनी गएका छैनन् । 

सानोभेरी गाउँपालिकामा गुरु बरालले अस्थायी टहरा सम्पन्न गरेर हस्तान्तरणसमेत गरेका छन् । अस्थायी टहरा बनाउने क्रम निरन्तर छ । स्थानीय नेताहरु पनि नियमित रुपमा यही काममै खटिएका छन् । 

केन्द्रबाट गएका नेताहरु आफैँ नै फिल्डमा उत्रिएर काममा सघाइरहेका छन् । सहमहामन्त्री परियारले मंसिर भित्रमै कांग्रेसले घोषणा गरेका एक हजार टहरा बनाउने काम सम्पन्न हुने दाबीसमेत गरेका छन् । 

कांग्रेसका भ्रातृ तथा भगिनी संगठनसँगै कांग्रेसका सुभेच्छुक संघ संस्थाहरुले पनि आफ्नो तर्फबाट सहयाेथ गरिरहेका छन् । 

जेहोस् कांग्रेसकाे युवाहरुको सक्रियता निकै नै बढकाे छ । के चाहिँ भुल्नु हुँदैन भने कांग्रेस उपसभापति एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रदेश सांसदहरु र स्थानीय युवा नेताहरुको खटाइ पनि कम्ती छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ