arrow

रोजगारीका लागि पोर्चुगलमा रहेका धनबहादुरको सँगै बस्ने साथीको छुरा प्रहारबाट मृत्यु

logo
भरत प्रधान, 
प्रकाशित २०८० मंसिर ९ शनिबार
dhanbahadur-chhetri-killed.jpg

लिस्बन । आफ्नै साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिका खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । 

क्षेत्रीको सान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । 

मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजको परिवारलाई जानकारी गराइएको खड्काले बताए । 
 
पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका स्याङ्जाको पुतलीबजार नगरपालिका १२, पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मंगलबार राति छुरा प्रहार गरेका थिए । 

खड्काका अनुसार छुरा प्रहारबाट क्षेत्रीको हात, छाती, घाँटी र पेटमा गम्भीर चोट लागेको थियो । छुरा प्रहारबाट रगताम्मे भएका उनी घटनास्थलमै अचेत भएर ढलेका थिए । घटना लगत्तै प्रहरीलाई खबर गरिएको र क्षेत्रीको उद्धार गरि तत्काल अस्पताल पुर्याइएको थियो । 

कोठामा मासु काट्दै गरेका क्षेत्रीलाई मदिरा पिएर आएका गुरुङले एक्कासी छुरा प्रहार गरेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । 

मासु काट्दै गरेको चक्कु खोसेर यसरी काट्ने हो मासु भन्दै क्षेत्रीमाथि गुरुङले अन्धाधुन्ध चक्कु प्रहार गरेको त्यहाँ रहेका अन्य नेपालीले बताएको हमालले जानकारी दिए ।

छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले बताए । नेपाली समुदायबीच यस्तो खालको घटना हुनु अत्यन्तै दुःखद भएको महावाणिज्यदूत हमालले बताए । 

क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि क्रोएसिया हुँदै पोर्चुगल आएका थिए । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । 

मृतक क्षेत्रीका श्रीमती, ३ छोरा र १ छोरी नेपालमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ