arrow

बेलायतमा ठूलो कर कटौतीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
england-flag.jpg

काठमाडौँ । बेलायतमा आर्थिक वृद्धि बढाउन ठूलो कर कटौतीको घोषणा गरेको छ । ब्रिटिश चान्सलर अफ द एक्स्चेकर जेरेमी हन्टले देशको आर्थिक वृद्धिलाई बढावा दिन डिजाइन गरिएको व्यवसाय र कामदारहरूको लागि कर कटौतीको प्याकेज घोषणा गरेका हुन् । 

यी उपायहरूको संयुक्त प्रभावले व्यवसायिक लगानी बढाउने, धेरै मानिसहरूलाई काममा लगाउने, अर्को वर्ष मुद्रास्फीति घटाउने र जीडीपी बढाउने बताइएको छ । 

जनवरी २०२४ देखि नेशनल इन्स्योरेन्सको मुख्य दर १२ प्रतिशतबाट १० प्रतिशतमा झार्दै २ करोड ७० लाख बेलायती कामदारलाई असर गर्ने उनले बताए। 

२० लाख स्वरोजगार भएका व्यक्तिहरूका लागि पनि कर कटौती र सरलीकरण गरिनेछ । ट्रेजरीका अनुसार राष्ट्रिय बीमा कटौतीले एनएचएस (राष्ट्रिय स्वास्थ्य सेवा) कोष वा पेन्सन भुक्तानीमा कुनै परिवर्तन ल्याउने छैन ।

 सेवाहरू अपरिवर्तित रहने र अहिले जस्तै वित्त पोषण जारी रहने छन् । नेशनल लिभिङ वेज भनेर चिनिने कानूनी न्यूनतम पारिश्रमिक अप्रिल २०२४ देखि १०.४२ ब्रिटिश पाउण्डबाट करिब १० प्रतिशतले बढेर ११.४४ ब्रिटिश पाउण्ड प्रतिघण्टा हुनेछ । 

ओबीआरका अनुसार बेलायतको अर्थतन्त्र यस वर्ष ०.६ प्रतिशत र अर्को वर्ष ०.७ प्रतिशतले बढेर २०२५ मा १.४ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ । 

मुद्रास्फीति २०२५ को लागि बैंक अफ इङ्गल्याण्डले तोकेको २ प्रतिशत लक्ष्यमा पुग्नुअघि २०२४ को अन्त्यसम्ममा २.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ