arrow

देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : झलनाथ खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
jhalnath-khanal-2080.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनालले सांस्कृतिक पर्वले नेपाल र नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने बताउँदै सामाजिक सद्भाव अभिवृद्धिमा चाडपर्वको बेग्लै महत्व भएको विचार व्यक्त गरेका छन् ।

तिहारको अवसर पारेर समाजवादी प्रेस सङ्गठनले आज यहाँ आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा नेता खनालले देशको सामाजिक-आर्थिक विकासलाई केन्द्रमा राखेर हरेक नागरिकले काम गर्नुपर्नेमा जोड दिए । 

धार्मिक-सामाजिक सद्भाव बिथोल्न खोज्नेविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने बताउँदै नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे । 

देशको आर्थिक विकासका निम्ति कृषि र पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ