arrow

भूकम्पका घाइतेको उद्धार र उपचारमा सबै खट्न केपी ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
kp-sharma-oli-2080-.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन् । 

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गरे । “भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौँ”, उनले भनेका छन्, “भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।”

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सय २९ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ