arrow

प्रधानाध्यापक सर्राफको हत्या आरोपमा एक पक्राउ, कनेक्सन सुन तस्करीतिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
rupesh-sharaff-2080.jpg

काठमाडौँ । बाराको कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक रुपेश सर्राफको हत्या भएको छ । उनीमाथि दुई राउण्ड गोली प्रहार गरी हत्या भएको हो ।

गोली प्रहारपछि उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बारा कलैया उपमहानगरपालिका–६ का सर्राफमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । 

सर्राफको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छैन ।

उनीमाथि दुई ओटा मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको बताइएको छ । उक्त मोटरसाइकल भने भारतीय नम्बर प्लेटको रहेकोसमेत बताइएको छ । 

यो घटनालाई प्रहरीले फरक तरिकाले बुझेको छ । विभिन्न आशंकाबीच यो घटना ६१ किलो सुन तस्करी प्रकरणतिर गएर जोडिएको हुन सक्ने आँकलन गरिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीं) का अनुसार यो घटना सुन तस्करीसँग जोडिएको हुन सक्छ । सर्राफ ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बाराकै सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफका आफन्त भएकाले पनि यो घटना सुन प्रकरणमा जोडिएको हो । 

प्रहरीले हाल अनुसन्धानकै क्रममा रहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ