arrow

बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा सुवालको जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
prem-suwal-parliament-2080-.jpg

काठमाडौँ । सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिएका हुन् । 

सांसद सुवालले भने, “बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा सरकारी स्वामित्वमा ल्याएर  बैंकिङ कसुर नियन्त्रण गर्नुपर्छ । विदेशी लगानी भएको बैंक र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुँदैन ।” 

उनले नेपालीको सम्पति सीमाङ्कन गर्न र त्यसलाई विदेशमा राख्न नपाउने व्यवस्था गर्नसमेत सरकारको ध्यानार्कषण गराए । “केही व्यक्तिहरुको कम्बोडिया, स्वीजरल्याण्ड, दुबई र बेलायतमा भएको सम्पति अविलम्ब नेपाल फिर्ता ल्याउने व्यवस्था गर्नुपर्छ, अनि मात्र हाम्रो बैंकमा पैसा हुन्छ”, सांसद सुवालले भने । 

उनले सार्वजनिक बिदा कटौती गर्न, रोजगारीको अवसर सिर्जना गर्न र बसाइँसराईलाई नियन्त्रण गर्नसमेत जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ