arrow

बीपीको मेलमिलाप नीतिसहितको कांग्रेसको चियापान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार

काठमाडौँ ।  कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले देशैभर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गरेका छन् ।

बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको हो । कांग्रेस संस्थापक, पहिलो निर्वाचित प्रधानमन्त्री एवं० महामानवबाट सम्बोधित विश्वेश्वरप्रसाद कोइराला (बीपी) बीपीले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी २०३४ सालदेखि थालनी गरेको चियापान कार्यक्रमले अहिले पनि निरन्तरता पाइरहेको हो । 

मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न मेलमिलापको नीति आजका दिनसम्म पनि आवश्यक रहेको कांग्रेसले बताउँदै आएको छ । बीपीको यो नीतिको कुनै पनि दल वा निकायले विरोध गरेको छैन । विचार फरक भए पनि देश निर्माणका सवालमा मेलमिलापको नीति जहिले पनि काम लाग्ने नेताहरुले बताउँदै आएका छन् । 

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान शुरु गरेको हो । 

विसं २०३८ सम्म बीपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । 

कांग्रेसले बडादशैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । पार्टी मुख्यालयमा दिउँसो २ देखि साँझ ५ बजेसम्म चियापानको कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ । 

यद्यपि आज खण्डग्रास चन्द्रग्रहण परेकाले ४ बजेपछि भने केही पनि खान नहुने ज्योतिष शास्त्रीहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ