arrow

बीपीको मेलमिलाप नीति

कांग्रेसले आज देशैभर चियापानको आयोजना गर्दै

सबै दलका नेतासँगै कूटनीतिक नियोगका पदाधिकारी समेटेर शुभकामना आदानप्रदानसँगै चियापानको कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
congress-nc-party-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ ।  कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले देशैभर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् ।

बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको हो । कांग्रेस संस्थापक, पहिलो निर्वाचित प्रधानमन्त्री एवं) महामानवबाट सम्बोधित विश्वेश्वरप्रसाद कोइराला (बीपी) बीपीले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी २०३४ सालदेखि थालनी गरेको चियापान कार्यक्रमले अहिले पनि निरन्तरता पाइरहेको हो । 

मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न मेलमिलापको नीति आजका दिनसम्म पनि आवश्यक रहेको कांग्रेसले बताउँदै आएको छ । बीपीको यो नीतिको कुनै पनि दल वा निकायले विरोध गरेको छैन । विचार फरक भए पनि देश निर्माणका सवालमा मेलमिलापको नीति जहिले पनि काम लाग्ने नेताहरुले बताउँदै आएका छन् । 

पार्टी नेता अर्जुननरसिंह केसीले  बीपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादसँैलगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न शुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताए । 

उनले भने, “यसको मूल कारण सद्भावना, शुभकामना, सबै पक्षकाबीचमा मेलमिलाप गर्ने मनोवैज्ञानिक वातावरण बनाउन सकियोस्, हामीभित्र भएका तिक्तता, वादविवादलाई पर राखेर सम्बन्धलाई सहजरुपबाट सहमति निर्माण गर्न सजिलो होस् भन्ने हो ।” 

अहिले पनि त्यत्तिकै मेलमिलापको आवश्यकता  रहेको बताउँदै उनले गौरवका रुपमा रहेको विविधताबीचको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश छर्न सकोस् भन्ने उद्देश्य बोकेको चियापन मेलमिलापको कार्यक्रम भएको विचार प्रकट गरे । 

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान शुरु गरेको हो । 

विसं २०३८ सम्म बीपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । 

कांग्रेसले बडादशैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । पार्टी मुख्यालयमा दिउँसो २ देखि साँझ ५ बजेसम्म चियापानको कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ । 

यद्यपि आज खण्डग्रास चन्द्रग्रहण परेकाले ४ बजेपछि भने केही पनि खान नहुने ज्योतिष शास्त्रीहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ