arrow

मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
kedar-karki-morang-6.jpg
तस्बिर – फाइल ।

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आउँदो बुधबार प्रदेश सभामा उनले राख्ने विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्ने माओवादी केन्द्रले निर्णय गरेको हो । 

सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर यसअघि पार्टी केन्द्रीय कमिटीको सहमति लिने निर्णय गरेको छ । 

गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यसअघि शुक्रबार माओवादीकै इन्द्र आङबोलाई चुनौती दिँदै कार्कीले बहुमत सदस्यको हस्ताक्षर बुझाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ