- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा मुद्धा दायर भएको छ ।
सरकारी वकिल कार्यालयले राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौँ बस्ने दावा छिरिङ र काठमाडौँका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादी ४ मध्ये निमा फरार छन् ।
उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो ।
उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो माग दाबी गरिएको छ ।
प्रतिवादीहरूलाई कसुरको प्रकृति अनुसार बिगोको आधारमा ३ देखि ५ वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।