arrow

डा महतले गरे गलेश्वर आश्रमको पहिरो निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
prakashsharan-mahat-galeshwor-.jpg

दमौली । अर्थमन्त्री डा प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन् । आज देवघाट आइपुगेका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गरेका हुन् ।  

निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमका बारेमा जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामका बारेमा चासो राखेका थिए । निरीक्षणपश्चात् अर्थमन्त्री महतले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारकोतर्फबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

गत वर्ष असोजमा वेणी नजिक रहेको गलेश्वर आश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको थियो । पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले बोलपत्र (टेन्डर) प्रक्रिया सुरु गरेको जनाएको छ । 

बोलपत्रका लागि कार्यालयका तर्फबाट शुक्रबार स्थलगत अवलोकन भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा रू दुई करोड बराबरको टेन्डर आह्वान गर्ने तयारी भएको छ । 

“त्यति रकमले पुग्दैन भनेर हामीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छौँ”,कुँवरले भने, “उहाँका तर्फबाट सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ ।” उनका अनुसार २०७२ को भूकम्पपछि थिलोथिलो बनेको यो ठाउँमा गत वर्षको पहिरो खसेको थियो । सम्बन्धित निकायले बेलैमा चासो नदिँदा गलेश्वर आश्रम नै जोखिममा परेको गुनासो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ