arrow

बाँके घटनामा सद्भाव कायम राख्न कांग्रेसको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले बाँके घटनालाई लिएर सद्भाव कायम गर्न आग्रह गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आपसी सद्भाव कायम गर्न आग्रह गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्र्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गर्दछ ।’ 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो । परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ एकतावद्ध भई मिलेर बसेका छौँ र राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौँ । धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न–नगराउन हार्दिक आह्वान गर्दछौँ ।’   

यसको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्नसमेत कांग्रेसले अपील गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ