arrow

प्रचण्ड सरकारले पीए मात्रै लिएर विदेश जान भनेर सभामुखको अपमान गर्‍यो : केपी ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
kp-sharma-oli-2080-06-16c.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले सभामुखको अपमान गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको विषयलाई लिएर सो आरोप लगाएको हो ।

‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पीए बाहेक अरुलाई लैजान पाउँदैन भनेर अपमान गर्यो,’ ओलीले भने, ‘सभामुखजस्तो गरिमामय पदको ख्यालसमेत गरेन, सम्मान सरकारमा भएकालाई मात्रै चाहिने ? अरूलाई चाँहिँ अपमान गर्ने, सभामुख पदको गरिमाको ख्याल गर्नु पर्दैन ?’ 

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण जाँदा जम्बो टोली लिएर जाने तर सभामुख घिमिरेलाई पिए मात्रै लैजाऊ भनेर अरु लैजान नदिएकोमा पनि आपत्ति जनाए । 

उनले यसअघि सभामुखहरुको औपचारिक भ्रमणमा कतिसम्म प्रतिनिधिहरुलाई पठाउने गरिन्थ्यो रु त्यो ख्याल नगरी प्रचण्ड सरकारले मानमर्दन गरिएको उनको थप आरोप छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ