प्रधानमन्त्री, मन्त्रीको विदेश भ्रमणले खर्च बढ्योः सांसद भट्टराई
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
4.3k
Shares
काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरु अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताएका छन् ।
बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले पछिल्लो ६ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरु विदेश भ्रमणमा रहेका बताए ।
उनले कोभिड १९ अगाडीको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरुको भ्रमण भइरहेको बताए । शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै उनले यसले साधारण खर्च बढिरहेको बताए ।
यसरी भ्रमण गर्नु फजुल खर्च गर्नु मात्रै भएको उनले बताए । सांसद भट्टराईले पछिल्लो ६ महिना, वर्ष दिनमा भ्रमण गएकाहरुको विवरण र औचित्यको सम्बन्धमा समितिमा छलफल गर्नुपर्ने माग गरे।