arrow

कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
nc-party-office.png

काठमाडौं ।  नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो । 

आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक बस्दै छ । 

सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको छ । 

यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा साङ्गठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ