काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो ।
आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक बस्दै छ ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको छ ।
यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा साङ्गठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ ।