arrow

काठमाडौँको तीनकुनेमा चार जनाको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
crime-final-everytime-use.jpg

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । प्रहरीका अनुसार हत्या हुनेमा दुई पुरुष र दुई महिला हुन् ।

गैरीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चार जनाको शव फेला परेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । 

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षीया अम्बिका भुजेल र आमा सुमित्रा भुजेल हुन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु हत्या भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

घटना गए मध्यरातमा भएको जनाइएको छ । कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेकोसमेत खुलेको छ । 

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरकोसमेत परिचालन गरिएको छ । 

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ । 

प्रहरीले अनुसन्धान जारी रहेको बताउँदै धनकुटाका दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । घटनापछि भागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ