arrow

अवैध सुन प्रकरण

सीआईबीले बुझायो प्रतिवेदन, ५० जना प्रतिवादी, १८ को खोजी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
60kg-illegal-gold-scandle.jpg

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

५० जनालाई प्रतिवादी बनाएको सीआईबीले उनीहरुविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार पाँच सय ५२ रुपैयाँबराबरको बिगो दाबी गर्दै मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका जानकारी दिएकी थिइन् । 

उनका अनुसार पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । यसैगरी फरार रहेका १८ जनाप्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका एआईजी आचार्यले जानकारी दिइन् । 

 उनका अनुसार आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिइनेछ । 

साथै गत साउन २ गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो । 

उक्त तस्करी प्रकरणमाम विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ