arrow

भारतमा एक नेपालीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
delhi-weekend-curfew.jpg

बैतडी ।  रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ । 

गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए। 

कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । मृतक साउदका एक छोरी र श्रीमती छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ