काठमाडौँ महानगरले गर्यो वडाध्यक्ष रिजालप्रति श्रद्धाञ्जली अर्पण [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
1.7k
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नेता मुकुन्द रिजालको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
उनले पार्थिक शरीर राष्ट्रिय सभा गृहमा राखिएकामा सभागृह पुगेर रिजालको पार्थिक शरीरमा प्रमुख वालेन्द्र साह (बालेन) ले काठमाडौँ महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै उपप्रमुख सुनीता डङ्गोलसहित अन्य व्यक्तिहरुले पनि रिजालप्रति श्रद्धाञ्जली अर्पण गरे ।
रिजालको डेंगीका कारण आज बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो । उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदेछ ।