arrow

माओवादी नेताहरू वडा वडामा खटाइए

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० भदौ १४ बिहिबार
mugum-maoist.jpg

मुगु । नेकपा माओवादी केन्द्रले हालै घोषणा गरेको तीन महिने पाटी अभियान सार्थक बनाउन माओवादी केन्द्र मुगुले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई जिल्लाका चार स्थानीय तह र ४५ वडाहरूमा बुधबार देखि पठाएको छ । 

बुधबार प्रेस सेन्टर मुगुले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र मुगु इन्चार्ज गोमा कुवरले घर घरमा माओवादी जन जनमा माओवादी भन्ने मूल नाराका साथ तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूलाई आ आफ्नो कार्य क्षेत्रमा पठाएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको हो ।

सामाजिक सांस्कृतिक न्यायको स्थापित जनताले आसा गरेका जन युद्धका मुद्दा माथि निराश भइरहेको समयमा नेता तथा कार्यकर्ता रूपान्तरण हुने,शहिद परिवारसँग भेटघाट सुशासन कायम गर्न सरकारले चालेका कदमलाई जनता सामु लैजान र नेकपा माओवादी प्रति भई रहेका र प्रचार गरिरहेका भ्रमहरू चिरफार गर्नका साथै माओवादी केन्द्र मुगुमा तेस्रो पार्टीका रूपमा देखिएकाले जिल्लामा पहिलो पार्टी बनाउन केन्द्र पार्टीको निर्देशन अनुसार तीन महिने जनता सँग माओवादी विशेष रूपान्तरण अभियान भदौ १६ गते ११ बजे एकै साथ देशभर ६ हजार ७ सय ४३ वडा कमिटीबाट शुरु गरिने पत्रकार सम्मेलनमा इन्चार्ज कुवरले जानकारी गराए ।

५ हजार ५ सय सङ्गठित सदस्य रहेको मुगु जिल्लाका चार स्थानीय तहका ४५ वडामा प्रति वडा ९ जनाका दरले ४ सय ५ जना नेता तथा कार्यकर्तालाई माओवादीले वडा वडामा खटाइएको छ । छायानाथ रारा नगरपालिकामा मुगु पार्टी संयोजक सुकबिर बुढा, खत्याड गाउँपालिका अजबहादु शाही, सोरु गाउँपालिका नवराज धामी र मुगुम कार्मारोङ छिरिङ तोमडोल लामाको नेतृत्वमा अभियान १६ गते बाट शुरु हुने नेकपा माओवादीका जिल्ला संयोजक शुकबिर बुढाले बताए ।

 यो अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूले जनता सामु प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्ट्राचार नियन्त्रण,सुशासन र पारदर्शिता सम्बन्धी कामहरूका साथै कर्णाली प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम,योजना र बजेट बारे प्रष्ट पार्नेछ । कणाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मङ्गल बहादुर शाहीले पत्रकार सम्मेलनमा बताए ।

पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले असार मसान्तमा रातारात काम सक्ने र भुक्तानी गर्ने पुरानो बानीलाई परिमार्जित गदै चालु आवका कार्यक्रम,योजनाहरूको सम्झौता तथा ठेक्काका प्रक्रियाहरू कात्तिक मसान्तसम्म सम्पन्न गरि चैत वैशाख भित्रमा कार्य सम्पन्न गर्ने गरि मन्त्रालयहरूले काम गरिरहेको पनि जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ