- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अवैध सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज दिउँसो पक्राउ परेका महरालाई बिहीबार सार्वजनिक बिदा भएका कारण प्रहरीले म्याद थपका लागि आजै अदालतमा पेस गरेको थियो । अदालतले महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
इलेक्ट्रिक सिगरेट ‘भेप’ मा राखेर तस्करी गरिएको सुन ९ किलो भन्दा धेरै भएको अनुसन्धानको ठहर छ । चिनियाँ तस्करमार्फत आएको सुन छुटाउनका लागि राहुलले सयौँ पटक भन्सारका कर्मचारी र चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएको थियो ।
यो प्रकरणमा पूर्वसभामुख महराकोसमेत फोन सम्पर्क देखिएको छ । उनलाई भने अझै पक्राउ गरिएको छैन ।
यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने कसैलाई पनि नछाड्ने बताइसकेका छन् ।