arrow

सांसद शर्मालाई पक्राउ गरेर सरकारले गल्ती गर्‍यो – उपेन्द्र यादव 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारले बुद्धि र विवेक नपुर्याउने हो भने मुलुकमा अनिष्ट ल्याउने बताएका छन् । एक राष्ट्रिय टेलिभिजनमा बोल्दै सांसदसमेत रहेका यादवले यदि सरकारको नेतृत्वले नसम्हाल्ने हो भने मुलुकमा अनिष्ट ल्याउने भविष्यवाणी गरेका हुन् । 

सो क्रममा उनले नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई पक्राउ गरेर सरकारले गल्ती गरेको बताए । सुनील शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारको गलत हर्कत भएको उनको टिप्पणी छ । 

‘सुनील शर्माले आईएससी गरे, एमबीबीएस गरे, कलेज चलाए, सांसद भए, त्यत्रो एकेडेमिक मान्छे, प्रतिष्ठित मान्छेलाई ल्याएर त्यसै थुन्दिने अनि छोड्ने यो त गलत हो नि,’ अध्यक्ष यादवले भने, ‘यस्ता गलत काम कसरी भइरहेका छन्, कसैलाई क्षणिक रुपमा हिरो बन्नका लागि मुलुकलाई अनिष्ट तर्फ धकेल्न खोजेको त हैन भन्ने विश्लेषण भइरहेको छ अहिले ।’

    आफूले अपराधीलाई कहिल्यै प्रोत्साहन नगर्ने दाबी गर्दै उनले सुनील शर्मालाई अपराधी हो भनेर कसैले प्रमाणित गर्न सक्छ ? भन्दै प्रतिप्रश्न पनि गरे । सुनील शर्मालाई पक्राउ गर्नु गलत भएको निष्कर्ष निकालेरै अदालतले पनि उनलाई थुनामुक्त गर्न आदेश दिएको भन्दै अध्यक्ष यादवले सरकारले यस्तो गलत काम गर्नु नहुने बताए ।

    सरकारको गलत हर्कतले गर्दा सत्ता साझेदार दलहरूभित्र असन्तुष्टि चुलिँदै गएको भन्दै अध्यक्ष यादवले सरकारले गलत कामहरूलाई रोक्न नसके मुलुकमा अनिष्ट हुने सक्ने संकेत पनि गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ