arrow

समाजवादी मोर्चाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
samajbadi-morcha-1stmeeting-2080-03-23.jpg

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ । 

बैठक आज साँझ बस्नेछ ।  बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्नेछ बताइएको छ। 

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् । 

मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चाको नेतृत्व अहिले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ