arrow

कांग्रेस अरु दलको इसारामा चलेको ओलीको आरोप (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
kp-sharma-oli-parliament-final.jpg

काठमाडौं । केपी शर्मा ओलीले नेपाली कांग्रेस अरुदलको इसारामा चलेको आरोप लगाएका छन् । संसदको सबैभन्दा ठूलो दल कांग्रेस सानो दलको पछि लाग्ने रहर नसकिएको उनको टिप्पणी छ । 

उनले पुच्छरले कुकुर हल्लाएजस्तो भुमिकामा संसदको सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा आफू छक्क परेको बताए । 

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भनि प्रश्न समेत गरे । अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ