arrow

फुट नजिक समाजवादी मोर्चा, धरापमा प्रचण्ड सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
samajbadi-morcha-2080-03-04-b.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गत असार ४ गते राष्ट्रिय सभागृहमा एक विशेष कार्यक्रमको आयोजना गरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा नेपाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले घोषणा गरेको समाजवादी मोर्चा पुष्पकमल दाहाल प्रचण्डका कारण धरापमा परेको छ । 

समाजवादी मोर्चा गठन गर्नुपर्छ भन्ने डा. बाबुराम भट्टराईलाई शुरुमै बाहिर राख्नु र मोर्चामा सहभागी भएका नेकपा एस र जसपासँगको विश्वास गुमाउँदै जाँदा मोर्चा धरापमा परेको हो । 

खासगरी नेपाली कांग्रेससँगको बार्गेनिङ पावर बढाउन माओवादीकै नेतृत्वमा गठन भएको सो मोर्चामा सहभागी दलहरुले प्रचण्डको पछिल्लो कार्यशैलीमा विश्वास गर्न नसक्दा यो अवस्था आएको हो । 

मोर्चा गठनको बेला अवधारणापत्रमा प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्ड, एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका थिए । तर पछिल्लो परिस्थितिमा जसपा र नेकपा एसको विश्वास गुमाउन थालेका छन् । 

नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको थियो । 

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको जनाइएको थियो । 

तर त्यसलाई प्रचण्डले सत्तामा रहिरहने र कांग्रेस लगायतका दललाई भ्रष्टचारी घोषणा गर्ने आफ्नो दलले राम्रो काम गर्न खोजेको भाष्य निर्माण गर्ने तथा सहयात्रामा रहेका दलका नेताहरुलाई चिढ्याउन थालेपछि प्रचण्डको सरकार पनि धरापमा पर्ने संकेत देखा परेको छ । 

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी दलहरुलाई हेर्ने प्रचण्ड नजर पछिल्लो दलमा फेरिएको हो कि भन्ने आभाष भएको बताएका छ्ने । ‘सरकारमा आफ्नो दलमात्रै सहभागी छ भन्ने सोच्न थालिएको हो कि भन्ने आभाष भएको छ’, प्रवक्ता खतिवडाले भने । 

जसपा भने खरो रुपमा प्रस्तुत भएको छ । गौर हत्याकाण्ड निकालेर आफूहरुलाई साइजमा ल्याउन खोजिएको भन्दै जसपा अध्यक्ष यादवले आफूहरु चुप लागेर नबस्ने बताएका छन् । 

गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्डमा जसपाका नेताहरुलाई फसाउने गरी कार्ययोजना बनाएको भन्दै जसपाले सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएको छ । 

यो विषयमा उपेन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन् । 

मोर्चाको अवधारणापत्रमा आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने तथा गरिवी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारलाई क्रियाशील बनाउने उल्लेख गरिएको तर सरकारको कामकारबाही सहयात्री दलका नेताहरुलाई सक्ने रहेको भन्दै जसपालका अध्यक्ष यादवले प्रचण्डसँग असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने शुरुदेखि नै यो मोर्चाको विरोधमा छन् । उनी एमालेतिर लहसिँदै छन् । उनलाई नेकपा एसकै रामकुमारी झाँक्रीले साथ दिइरहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ